Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला अदालतमा उपस्थित


    बुधबार, पुष २४ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला आज(बुधबार) जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन्। उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन्।

    उनी आज अदालतमा उपस्थित भएको अदालतको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अब उनको बयान सुरु हुने उनले बताए ।

    मोरङको धनपालथान गाउँपालिका(३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार