Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • डोटीमा ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु


    बुधबार, पुष २४ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोटी – डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ ।

    डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    उनी बिहान ३ बजे देखि ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका थिए । ड्युटीमै भएको बेला एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारको लागि तत्काल स्थानीय बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारको लागी बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीको लागी रिफर गरिएको थियो ।

    सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा साढे ६ बजेतिर पुर्‍याएको र ६ बजेर ४० मिनेटमा उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार