काठमाडौं । डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन् ।
पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बरालबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीको टोलीले मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार डलर साट्ने बहानामा बराललाई मिजारले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए ।
त्यहाँ पुगेपछि मिजारले रुमालले बेरेको पैसा आकारको बिटो देखाएर पाँच लाख रुपैयाँ लिए । मिजार हिँडेपछि रुमाल फुकाल्दा बरालले पैसाको आकारमा काटिएको कागजको बिटो मात्रै भेटे ।
त्यसपछि बराल प्रहरीमा गुनासो गर्दै पुगेका थिए । मिजारलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend