Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ


    बुधबार, पुष १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी तामाङलाई रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

    रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो । एआइजी तामाङ यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार