Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्कर र लागूऔषध कारोबारीसँग घुमुवाको सेटिङ, प्रहरी मुख्यालयबाटै संरक्षण


    मंगलबार, पुष १६ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको नीति सादा पोशाकमा घुमुवा परिचालन नगर्ने रहँदैआएको छ । तर कतिपय जिल्ला वा मातहतका प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरी तस्करीदेखि बिभिन्न अवैध गतिबिधि गर्नेहरुबाट लाभ लिने क्रम रोकिएको छैन ।

    यसैक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्र्यालय बिर्ताले बदनाम प्रहरीलाई घुमुवाका रुपमा परिचालन गरिरहेको छ । वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज निरज चौलागाई छन् । बिर्ता वडा प्रहरी कार्यालयले सहायक हवल्दार संजय जैसवाललाई सादा पोशाकका घुमुवाका रुपमा परिचालन गरिएको छ । उनी पटक–पटक गरी ९ बर्षदेखि घुमुवाका रुपमा परिचालित छन् ।

    प्रहरी कार्यालय बिर्ताका घुमुवा जैसवालले भन्सारछली गर्नेदेखि लागूऔषधका कारोबारीसँग मासिक रुपमा लाभ लिएर संरक्षण गर्दैआएका छन् । सादा पोशाकमा परिचालित भएका घुमुवा जैसवालको संरक्षणमा लागूऔषध नाइट्रोभ्याट क्याप्सुल कारोबारमा संलग्न राजाराम महतो कोइरी पक्राउ परेका छन् ।

    कोइरीको वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिगरमा सञ्चालित किराना पसलबाट ७ पुस, २०८१ मा सशस्त्र प्रहरी भन्सार गुल्म गुल्मका डीएसपी सूरज रिजालको ५ वटा कार्टुनमा भण्डारण गरेर राखेको अवस्थामा १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल लागूऔषध नाइट्रोभ्याट बरामद गरेको थियो । महतोले सञ्चालन गरेको सृष्टि किराना जनरल स्टोरबाट उक्त लागूऔषध बरामद गरेको थियो ।

    महतोले विर्ताबाट खटिएका घुमुवासँग सेटिङ गरी निर्धक्कसँग पसलमै लागूऔषधको कारोबार गरेको सूचनापछि सशस्त्रको टोलीले नाइट्रोभ्याट बरामद गरेको थियो । सशस्त्रले बरामद गरेको नाइट्रोभ्याट करोडौं मूल्यको भएको प्रहरी स्रोत बताउँछ ।

    यसअघिका मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले घुमुवा जैसवाललाई बिर्तामा सादा पोशाकमा परिचालन गर्नेगरी खटाएका थिए । प्रहरी प्रधान कार्यालय उजुरी छानबिनका एसपी प्रकाश मल्लको समेत आशीर्वाद प्राप्त भएकाले जैसवालले नेपाल प्रहरीको नाममा त्यस क्षेत्रमा तस्करीको लाइन चलाउनेदेखि लागूऔषधका कारोबारीहरुसँग सेटिङ गर्ने गरेको आरोप छ ।

    आईजीपी कुँवरको सचिवालयअन्तर्गतको सुपरीवेक्षण तथा अनुगमन महाशाखा(उजुरी छानबिन इकाई) का एसपी प्रकाश मल्लले कारबाहीस्वरुप गणमा तानिएका घुमुवालाई पुनः असुलीमा खटाउने गरेको बिषयमा यसअघि नेपालफेसले समाचार प्रकाशित गरिसकेको छ । कारबाहीमा परेका घुमुवाहरुलाई नै एसपी मल्लले पुनः असुलीमा लगाएर आईजीपीको सोझोपनको दुरुपयोग गरेर सचिवालयको बदनाम गरिरहेका छन् । एसपी मल्लले खटाएका घुमुवा हवल्दार रामबिश्वास यादवले आईजीपीकै सचिवालयबाट खटिएको भनी यातायात कार्यालय बीरगंजका प्रमुखसँग मोलमोलाइ गरेको घटना ताजै छ ।

    बीरगंजमा लामो समय कार्यरत हवल्दार यादवका बिरुद्ध थुप्रै उजुरी परेपछि कारबाहीस्वरुप उजुरी छानबिन ईकाईले उनलाई प्रहरी प्रधान कार्यालयको परिसरभित्रै रहेको एक नम्बर गण नक्सालमा सरुवा गरेको थियो । गणमा सरुवा भएका यादवलाई एसपी मल्लले भेटेर केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) मा पठाए । बर्दीमा ड्यूटी गर्नेगरी सीआईबीमा पठाइएका उनले मल्लमार्फत् भनसुन गरी १५ दिन छुट्टी लिएर बीरगंजमा असुली आतंक मच्चाएका थिए ।

    एसपी मल्लले बीरगंजमा मात्र होइन, कारबाहीमा परी तानिएका बदनाम घुमुवाहरुलाई देशभर खटाउने गरेको आरोप छ । वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा जयसवाललाई पनि प्रहरी मुख्यालयका एसपी मल्लबाटै संरक्षण रहेको स्रोत बताउँछ । एसपी मल्लकै आडभरोसामा उनी विर्तामा टिक्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार