Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दक्षिण कोरिया विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, २ जनाको उद्धार


    आइतबार, पुष १४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा परी १७९ जनाको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु रहेको अधिकारीले जनाइएको छ ।

    दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरी उपचारका लागि मोकपो अस्पतालमा लगिएको जनाइएको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

    विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार