Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआईजी भरत बोहरा भए अवकास


    आइतबार, पुष १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरक्षिक (एआईजी) भरतबहादुर बोहरा अवकास भएका छन् । प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा ५६ वर्षे उमेर हदका कारण आज (आइतबार) देखि अनिवार्य अवकासमा गएका हुन् ।

    २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए । उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकास हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन् । उनले एकसाता अघि मात्रै दज्र्यानी चिह्न लगाएका थिए ।

    अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो । बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार