काठमाडौं – आजदेखि पोखरामा ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरू भएको छ । पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा महोत्सव सुरू भएको हो ।
नेपालमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटाली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियमलगायत देशका हट एयर पाइलटहरूको सहभागिता रहेको आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए ।
बिवाइडीको मुख्य प्रायोजनमा हुने नौदिने महोत्सवमा दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा हट एयर बेलुन उड्ने छन् । क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर ९ देखि १७ पुस अर्थात् २४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५ सम्म हुन लागेको महोत्सवको स्थानीय संयोजन फेवा क्लबले गरेको छ । पोखरा– २३ र २४ मा पर्ने फेवा फाँटअन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा उडान हुनेछ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend