Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बालकोटमा घरभित्र बाबु–छोरा मृत भेटिए, हत्याको आशंका


    सोमबार, पुष ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा बाबु छोरा मृत भेटिएका छन् ।

    मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए ।

    ‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको एसपी बुढाथोकीले जानकारी दिए । उनका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

    आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ ।

    शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार