Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


    आइतबार, पुष ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघिय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

    जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।

    त्यस्तै बिहान १०:०० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

    त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

    बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार