Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    शुक्रबार, पुष ५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    यस्तै, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहको अधिवेशन, पृथ्वी जयन्तीलगायत विषयमा छलफल हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार