काठमाडौँ – नेपालमा जारी नेपाल प्रिमिएर लिग (आइपीएल) को प्लेअफ चरणमा पुगेका ४ वटै टिमले पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यानं) ले जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टिमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउनेछन् । आज विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।
एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् । प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।

काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend