काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ परनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ।
सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए। सइफलाई दोस्रो ओभरमा पोखराका रेमन्ड रेइफरले बोल्ड गरेका थिए। भण्डारी सातौं ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच भए।
भण्डारी आउट भएकै ओभरमा ब्रान्डन माक्मलेन पनि २३ रनमा आउट भए। उनलाई भुर्तेलले सागर ढकालबाट क्याच गराए। दशौं ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदिप अर्यालबाट क्याच गराए।
१५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाएर खेलिरहदा सागर ढकालको एलबिडब्लूको धरापमा परे। उनले १६ बलमा १ छक्का प्रहार गरे।
सुदूरपश्चिमले १९औं ओभरको पहिलो बलमा इशान पाण्डेलाई १० रनमा रिटायर्ड आउट गराउँदै स्कट कुगेलेइनलाई ब्याटिङमा लगेको थियो। तर उनी अन्तिम ओभरको तेस्रो बलमा दुई रनमा रनआउट भए।
बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १९१ विकेट लिए। पोखरा अन्तिम खेलअघि नै बाहिरिसकेको छ। आजको खेलमा जित निकाले सुदूरपश्चिम प्लेअफ पक्का हुनेछ। सुदूरपश्चिमले लिगको अन्तिम खेलमा सोमबार कर्णाली याक्ससँग खेल्नेछ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend