Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमान्डुसँग १८ रनले पराजित भएसँगै एनपीएल प्लेअफबाट बाहिरियो लुम्बिनी


    बुधबार, मंसिर २६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) बाट लुम्बिनी लायन्स बाहिरिएको छ।  बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

    हारेको लुम्बिनीको ६ खेलबाट २ अंक मात्रै हुँदा जितेको काठमान्डुको ४ खेलबाट ४ अंक भएको छ। लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन।

    प्लेअफ सम्भावना जीवितै राख्न काठमान्डुका कप्तान करण केसीले टस जितेर रोजेको ब्याटिङ सही साबित भयो। काठमान्डुले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १०३ रन मात्र जोडेपछि सामान्य लक्ष्य पछ्याए पनि लुम्बिनीको पनि ब्याटिङ चलेन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार