Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ २ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, मंसिर २६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउ बढेको छ । सोमबार २१ सय रुपैयाँ बढेको सुन आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो ।

    दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार नौसय २५ रुपैयाँ रहेका महासंघले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार