Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • फेरि ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, मंसिर २५ २०८१
    4.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा पहेँलो धातु सुनको भाउ फेरि बढेको छ । भन्सार कर घटाएपछि ह्वात्तै घटेको सुनको भाउ आज (मंगलबार) फेरि बढेको हो ।

    नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।

    सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार