काठमाडौं । नागरिकतामा जन्ममिति सच्याएको तथ्य खुलेपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी केरमेट र जालझेल गरेको प्रमाणसहितको उजुरीका आधारमा अख्तियारले सिलवालबिरुद्ध अनुसन्धान अगाडि बढाएको थियो । दुई पटक नागरिकता संशोधन गर्दै फरक फरक निकायमा फरक फरक जन्ममितिका नागरिकता उनले पेश गरेको तथ्य अख्तियारको अनुसन्धानमा खुलेको थियो ।
प्राधिकरणका अध्यक्ष सिलवालले नागरिकता र पासपोर्टमा दुई वर्षको फरक–फरक जन्ममिति राखेर बनाएको तथ्य अख्तियारको अनुसन्धानबाट देखिएको छ । सिलवालले पछिल्लो समय गृह मन्त्रालयको सचिव भएको समयमा नागरिकता संशोधन गरेका थिए ।
पर्सा जिल्लाको अलौमा जन्मिएका सूर्यप्रसाद सिलवालको पछिल्लो पटक चलनचल्तीमा रहेको नागरिकता नं २६०–९९७३ हो । अर्थ मन्त्रालयमा हाल कायम रेकर्डमा उनको सोही नयाँ नागरिकता समावेश छ । सो नागरिकता अनुसार सिलवालको जन्म २०१६ साल कार्तिक २२ गते भएको देखिन्छ ।
अध्यक्ष सिलवालले निर्वाचन आयोगमा नागरिकताकै आधारमा गरेको मतदाता नामावली दर्तामा समेत उनको जन्ममिति नयाँ नागरिकता अनुसार अर्थात २०१६ कात्तिक २२ नै रहेको उल्लेख छ । तर, अध्यक्ष सिलवालले राहदानी विभागबाट लिएको राहदानी नं ०९०४००७६ मा उनको जन्म स्थान पर्सा र जन्ममिति नोभेम्वर ९, १९६१ अर्थात २०१८ साल कार्तिक २४ गते उल्लेख छ । उनले सोही पासपोर्ट प्रयोग गरेर केही अघि विदेश यात्रा समेत गरेका थिए । उनको नागरिकता र पासपोर्टमा दुई वर्ष दुई दिन जन्ममिति फरक रहेको छ ।
सिलवालले २०७८ मा हिमालयन रि–इन्स्योरेन्सको अनुमतिपत्र दिंदा १ अर्ब घुस लिएको बिषय पनि सार्वजनिक संचारमाध्यमले उठाउँदैआएका छन् ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सलाई आधारभूत रकम १ सय रुपैयाँमा थप १ सय ६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ जारी गर्न अनुमति दिंदा पनि करोडौको घुस लेनेदन गरेको आरोप सिलवालमाथि लागेको छ । सिलवालले ८ वटा लघुवीमाको लाइसेन्स दिंदा पनि करोडौंको आर्थिक लेनदेन गरेको आरोप लागेको थियो ।
वीमा कम्पनी धेरै भएर बजार नभएपछि मर्जरमा जान लागेका छन् । तर सिलवालले कार्यकालको अन्तिममा थप बीमा कम्पनीलाई लाइसेन्स दिनका लागि सेटिङ गरिसकेको अवस्थामा अख्तियारले मुद्दा दायर गरेकाले उनी निलम्बनमा परेका छन् । उनको कार्यकाल ०८१ माघसम्म छ । माघ अघि नै उनी वीमा कम्पनीलाई लाइसेन्स दिएर जाँदाजाँदै थप करोडौं घुस असुल्ने दाउमा थिए ।
निजामती प्रशासनमा पनि अति नै बदनाम रहेका सिलवाललाई पूर्वगृहमन्त्री बामदेव गौतमले गृहमन्त्रालयको सचिवमा ल्याएका थिए ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend