काठमाडौँ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् ।
अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा-बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।
यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् ।
ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूद्याई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहो¥याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।
उनले आफ्नो कार्यकालको पहिलो दिन नै सन् २०२१ को यूएस क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूलाई माफी दिने बताएका छन् । शुक्रबार, ट्रम्पले आफ्नो कार्यकालमा आप्रवासन, ऊर्जा, र अर्थतन्त्रमा सुधारका लागि केही आदेश जारी गर्ने घोषणा गरेका छन् ।
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend