Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३१६ संक्रमित आइसियु र भेन्टिलेटरमा, ४८३७ जना होम आइसोलेसनमा


    आइतबार, पुष ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ३ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६५ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा १६ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९९ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ८३ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा ७ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ४ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३० थियो। 

    यस्तै, देशभर हाल ४ हजार ८ सय ३७ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ८ हजार ३ सय २० कुल सक्रिय संक्रमितमध्ये ४ हजार ८ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ३ सय २७ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा २ सय ६८, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ७ सय २५, लुम्बिनी प्रदेशमा ७ सय ७३, कर्णालीमा ७४ र सुदूरपश्चिममा ६ सय २८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ५ हजार ३ सय ६४ जना संक्रमित होम आइसोलेसनमा थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार