सुनसरी – धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो।
प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ। ती गाडीमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो।
प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो। प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा१झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो।
ती गाडीका चालक चालक फरार भएका थिए। उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधका रूपमा चिनिन्छ। यी सवारीसाधन सरकारी भने होइनन्। सरकारी गाडीको नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारेको पाइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend