Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संसद् विघटनकाे विराेधमा माइतीघरमा प्रदर्शन, उपत्यकामा सुरक्षा व्यवस्था कडा


    आइतबार, पुष ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । संसद् विघटनको विराेधमा नेविसंघले प्रदर्शन गरेकाे हाे ।

    प्रद्शन गर्दै उनीहरूले असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लागाएका थिए ।

    संसद् विघटन गर्ने प्रस्तावसँगै राजधानी काठमाडौंसहित पोखरा चितवजनलगायतका स्थानमा सरकारीकाे कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् ।

    यसैबीच राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजधानीमा सुरक्षा तैनाथी बढाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।

    यस्तै, सेनाले मुख्यालय जंगी अड्डामा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक पनि बसेको छ । प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा मुख्यालयमा छलफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार