Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनकाे सिफारिस अस्वीकार गर्न राष्ट्रपति भण्डारीलाई कांग्रेसको आग्रह


    आइतबार, पुष ५ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न आग्रह गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।

    शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’

    कांग्रेसले जारी गरेकाे विज्ञप्ति यस्ताे छ ।

    nc-press.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार