Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले टस जित्यो, पहिले बलिङ गर्ने


    मंगलबार, मंसिर १८ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल सुरू भएको छ । आज हुन गइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

    कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेसँगै पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।

    पोखराले पहिले बलिङ गर्ने भएसँगै चितवनले पहिले ब्याटिङको निम्तोसमेत पाएको छ । चितवनले यसअघि काठमाडौं गुर्खाजलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

    उता पोखराको भने यो पहिलो खेल हो । चितवनविरुद्ध जित निकाल्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ पोखरा मैदानमा उत्रिँदै छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार