काठमाडौँ । नेपाली सेनाले पनि पछिल्लो विकसित घटनाक्रमलाई लिएर छलफल गरेको छ ।
सेनापति पूर्णचन्द्र थापाले आइतबार दिउँसो मुख्य सैनिक अधिकृत (पीएसओ)को बैठक बोलाएर छलफल गरेका छन् । छलफलमा पछिल्लो विकसित घटनाक्रम र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष गरेपछिको सुरक्षा अवस्थाबारे विश्लेषण गर्न सेनाको बैठक बसेको बताएको छ ।