काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको छ। आज सोमबार भएको पहिलो खेलमा चितवनले काठमाडौलाई ५ विकेटले पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गरेको हो।
काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि सन्तोष कार्की र शरद भेषावकरले ४६ रनको अविजित साझेदारी गरेपछि चितवनले सहजै लक्ष्य भेट्टाएको हो।
चितवनका ओपनर दिपक बोहोरा ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। हसन इसाखिल १२ रन बनाउँदा पेभेलियन फर्के। ल्युक मार्टिन बेनकेन्स्टाइन १७ बलमा १ चौका र २ छक्का सहयोगमा २२ रन बनाउँदा गेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा परे। कुशल मल्ल र रवि बोपारा समान ११ रन बनाउँदै आउट भए।
काठमाडौका साहब आलमले ३ विकेट झारे। गेहार्ड इरासमस र डान डौथवेटले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो।
काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिने तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए। कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट झारे।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend