काठमाडौँ । सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्या कम देखिए पनि संक्रमणका कारण मृत्युदर बढिरहेको छ । कोरोनाका लक्षण देखिए पनि परीक्षण गर्नै नजाने प्रवृत्ति पनि देखिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन् झन् बढ्दै गएको छ ।
शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०।७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा।राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १।१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।