न्युर्योक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमा रक्षा सचिव पदका लागि छानिएका पिट हेगसेथमाथि महिला शोषण गरेको आरोप लागेको छ ।
अमेरिकी मिडिया हाउस न्यूयोर्क टाइम्सले पीट हेगसेथकी आमाको ६ वर्ष पुरानो इमेललाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
सन २०१८ मा लेखिएको मेलमा उनकी आमा पेनेलोपले हेगसेथले धेरै वर्षदेखि विभिन्न महिलाहरूको शोषण गरेको आरोप लगाएकी थिइन्। यो इमेलमा हेगसेथकी आमाले उनको खराब चरित्रको बारेमा कुरा गरेकी छिन्।
यो इमेल पिट हेगसेथले आफ्नी दोस्रो श्रीमती सामन्थासँग सम्बन्धविच्छेदको बाटोमा जाँदै गर्दा लेखिएको थियो। पेनेलोपले इमेलमा लेखेका थिए, ‘मैले हेगसेथको चरित्र र व्यवहारको बारेमा मौन रहन धेरै प्रयास गरें, तर हेग्सेथले सामन्थालाई गलत महसुस गराएको थाहा पाएपछि म चुप लाग्न सकिन।’
तर, न्युयोर्क टाइम्सले यो इमेल जारी गरेपछि पेनेलोपले भने आफ्नो रिसमा यो इमेल लेखेको बताएकी छन् । उनले यस लगत्तै अर्को इमेल पनि पठाएको बताए, जसमा उनले आरोपका लागि छोरासँग माफी मागेका थिए ।
इमेलमा पेनेलोपले हेगसेथले आफ्नो शक्ति र अहंकारका लागि महिलालाई प्रयोग गरेको आरोप लगाएकी छन् । उनले भनिन् कि उनी हेगसेथकी आमा भएको कारण दुखी र लज्जित महसुस गर्छिन् तर यो दुःखद सत्य हो। उनले भनिन, ‘तपाई महिलालाई दुर्व्यवहार गर्नुहुन्छ, यो एक घृणित सत्य हो र म कुनै पनि पुरुषलाई सम्मान गर्दिन, जसले महिलाहरूलाई अपमान गर्छ, झुट बोल्छ, अरूसँग सुत्छ र सबै आफ्नो शक्ति र अहंकारको लागि प्रयोग गर्दछ।’
हेगसेथ र उनकी दोस्रो श्रीमती सामन्थाको नाम पनि इमेलमा उल्लेख गरिएको छ। पेनेलोपले लेखेकी छिन्, ‘सामन्था एक राम्रो महिला र आमा हुन् र हेगसेथलाई पनि यो थाहा छ।’ उनले आफ्नो फाइदाका लागि सामन्थालाई अस्थिर घोषणा गर्नु अपमानजनक भएको लेखेका छन् ।
हेगसेथमाथि यो इमेल आउनु अघि पनि महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। उनको पहिलो पत्नी मेरिडिथ श्वार्ट्ज र त्यसपछि उनकी दोस्रो श्रीमती सामन्थासँग सम्बन्धविच्छेद भएपछि उनको चरित्रको बारेमा प्रश्नहरू उठेका थिए।
उनको सहकर्मी जेनिफर रौचेटसँगको अफेयरको खबर बाहिर आएपछि सामन्थासँग उनको सम्बन्धविच्छेद भएको थियो। जेनिफर पछि हेगसेथको तेस्रो पत्नी बनेकी थिइन् ।
यसबाहेक, मोन्टेरी, क्यालिफोर्नियामा भएको राजनीतिक सम्मेलनमा भएको घटनापछि २०१७ मा हेगसेथविरुद्ध बलात्कारको उजुरी पनि दायर गरिएको थियो। हेगसेथले यी आरोप अस्वीकार गरेका छन्। उनले आपसी सहमतिमा सम्बन्ध बनेको बताउँदै आएका छन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend