Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई भेट्न पुगे जसपाका तीन नेता


    शनिबार, पुष ४ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टीभित्रैबाट घेराबन्दीमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्।

    ओलीले भेटघाटलाई तिब्र बनाएपछि जनता समाजवादी पार्टीका शीर्ष नेताहरु पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । 

    सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर तथा नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका हुन् ।

    भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने बताइएको छ । 

    यसअघि आजै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका मन्त्रीहरुसँग भेटघाट गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार