Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तापक्रम यो वर्षकै कम १.६ डिग्री नजिक, जुम्लाको माइनस ७


    शनिबार, पुष ४ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। हाल नेपालमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।  केही दिनयता देशभर चिसो बढिरहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । काठमाडौं उपत्यकामा पनि तापक्रम ओरालो लागिरहेको छ । आज  काठमाडौंको न्यूनतम तापक्रम अहिलेसम्मैकै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

    नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

    दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।

    नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार