Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउन आग्रह ’


    शुक्रबार, पुष ३ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकले खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । हेटौँडास्थित जनप्रिय प्राविधिक विद्यालयको नवनिर्मित प्राविधिक भवनको उद्घाटन एवं विद्यालयको ३९औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै उहाँले विद्यालय राम्रो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी सबैले मेहनत गर्नुपर्छ भन्नुभयो । उहाँले विद्यालय शिक्षालाई सिकाइ केन्द्रित बनाउन शिक्षक तथा व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री पौडेलले विगतदेखिको परम्परागत शैक्षिक प्रणालीलाई सुधार गर्दै व्यवहारिक र सीपमूलक बनाउनुपर्ने धारणा राख्नुभयो । नयाँ पद्धति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्नेमा उहाँको भनाइ थियो । विगत केही वर्षदेखि पशु तथा कृषिसम्बन्धी विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयको २४ कोठे भवनको उद्घाटन तथा विद्यालय परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण समेत गर्नुभएको थियो । रु चार करोडको लागतमा निर्मित भवनमा प्राविधिक विषयको पठनपाठनका साथै प्रयोगशाला सञ्चालन हुने विद्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार