काठमाडौं । प्रहरीको साइबर ब्यूरोले नक्कली इमेल आईडी खाेलेर साथीलाई ब्ल्याकमेल गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा मोरङकाे विराटनगर उपमहानगरपालिका-३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।
पक्राउ परेका रेग्मीले उनकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर आफूसँग भएकाे र ती तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गरेका थिए ।
रेग्मीले नक्कली इमेलबाट महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक गरिदिँने भन्दै ब्ल्याकमेल गर्ने गरेका थिए । तस्बिर सार्वजनिक नगर्नका लागि ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जनाएकाे छ ।
रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे ।
पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।