Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • रोकिएन टिफर आतंक, त्रिपाठीको घटनास्थलमै मृत्यु


    शुक्रबार, पुष ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । टिफर आतंकको शिकार अर्का एक नागरिक भएका छन् । तीव्र गतिमा चलाएको टिफरले ठक्कर दिंदा नुवाकोट बेलकोटगढीका ५५ बर्षीय रामप्रसाद त्रिपाठीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार अपराह्न ३ बजे बानियाँटारको बिष्णुमति करिडोरमा स्कुटरमा सवार त्रिपाठीलाई तीव्र गतिमा चलाइएको टिफरले ठक्कर दिंदा त्रिपाठीको घटनास्थलमै मृत्यु भएको थियो । टिफर चालकले यति तीव्र गतिमा चलाएका थिए कि स्कुटरसहित उछिटिट्एर त्रिपाठी बिष्णुमतिमा पुगेका थिए ।

    लापरबाहीपूर्ण ढंगले चलाएको ट्रिपरका चालक सरोज कार्की फरार छन् । उनको खोजी कार्य भइरहेको महानगरीय प्रहरी बृत्तका डीएपी रोशन खड्काले जानकारी दिएका छन् । बिहीबार ट्रिपरले त्रिपाठीलाई ठक्कर दिएर भागेका चालक कार्कीलाई पक्राउ गर्नेतर्फ प्रहरीले सक्रियता नदेखाएपछि नुवाकोटका प्रदेश सांसद केशव पाण्डे र बद्री मैनाली नै प्रहरी कार्यालयमा पुगी लापरबाहीपूर्ण ढंगले टिफर चलाउने कार्कीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न अनुरोध गरेका छन् ।

     चालक कार्कीसँग ट्रिफर चलाउने लाइसेन्स समेत नभएको आशंका गरिएको छ । लाइसेन्स नभएकै कारण उनी फरार भएको र प्रहरीले उनलाई तत्काल पक्राउ नगरेकोमा पनि त्रिपाठीका आफन्त आक्रोसित छन् । बिहीबार ३ बजेतिर घटेको घटना भए पनि शुक्रबार अपराह्नसम्म पनि चालक र ट्रिपर मालिकलाई खोजी गर्न प्रहरी उदासिन देखिएको गुनासो छ । महाराजगंज प्रहरी बृत्तका डीएसपी खड्काले भने–‘चालकको मोवाइल अफ छ, प्रहरीले खोजी गरिरहेको छ ।’

    चालकलाई पक्राउ नगरिएपछि बानियाँटारका स्थानीयले ट्रिपरका मालिक शंकर कार्कीलाई खोजेर प्रहरी कार्यालयमा ल्याई चालक तत्काल ल्याउन दबाब दिएका थिए । ट्रिपरका मालिक कार्कीले २ घन्टामा हाजिर गराउँछु भने पनि साँझ ३ बजेसम्म पनि चालकलाई हाजिर गराइएको छैन । चालकसँँग लाइसेन्स नै नभएकाले पनि उनलाई हाजिर गराउन आनाकानी गरिएको हुनसक्ने आशंकालाई थप बल पुगेको छ । डीएसपी खड्काले भने–लाइसेन्स भए नभएकोबारेमा अनुसन्धान गर्छौं । रहेनछ भने कानुन बमोजिम कारबाही हुन्छ ।

    टिफर आतंकले धेरैको अकालमा ज्यान लिएपछि सरकारले २ बर्षअघि रातिमात्र चलाउन पाउने निर्णय गरेको थियो । तर फेरि ब्यवसायीको दबाबका कारण केही महिनामै त्यो निर्णयबाट सरकार पछि हटेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार