काठमाडौं । आजबाट धरहरा चढ्न पाइने भएको छ । अब धरहरा व्यावसायिक रूपमा खुला भएको छ । धरहरा चढ्नका लागि शुल्क तय गरिएको छ ।
काठमाडौं महानगरपालिकाको भोगाधिकार रहेको धरहरा सरकारले जिम्मा लिएको हो । आज आइतबारबाट स्वदेशी नेपाली नागरिकले २ सय रुपैयाँ तिरेर धरहरा चढ्न पाउने भएका छन् ।
धरहरा चढ्न विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । प्रवेश शुल्कअनुसार स्वदेशी नागरिकको लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।
धरहरा चढ्नका लागि १० वर्षभन्दा मुनिका बालबालिका, विद्यार्थी र ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपांगता भएकालाई १ सय शुल्क तिर्नुपर्नेछ । सार्क राष्ट्रका लागि ५ सय शुल्क तोकिएको छ । सार्कबाहेकका विदेशी नागरिकले १ हजार शुल्क तिर्नुपर्नेछ ।
व्यावसायिकबाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार र भिडियो छायांकन पनि प्रतिघण्टा ५ हजार नै तिर्नुपर्ने छ । व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार लाग्नेछ ।
पार्किङ शुल्क चारपाङ्ग्रे प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे प्रतिघण्टा–१० रुपैयाँ तोकिएको छ ।
गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति– गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिई धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि आजबाट व्यावसायिक रूपमा धरहरा खुला भएको हो ।
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend