काठमाडाैं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सुमन घिमिरे, अजय लामा, सूर्य लामा, कल्याण कार्कीलगायत ८ जना रहेका प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा २ जना महिला पनि रहेका छन् ।
जुवा अखाडामा २ महिला पनि रहेका थिए । उनीहरु पनि फरार भएका छ्न । जुवा खेलाउने मुख्य सञ्चालक र केही जुवाडेलाई प्रहरीकै मिलेमतोमा भगाइएको आरोप छ ।
उनीहरूलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गले गएराति साढे ८ बजे काठमाडाैंकाे जय नेपाल हल नजिकै रहेकाे वान वर्क लन्च बारमा जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट पाँच लाख १५ हजार नगद समेत प्रहरीले बरामद गरेकाे छ ।
प्रहरीका अनुसार बारमा जुवा खेलाउने मुख्य सञ्चालक दिनेश लामा र कान्छा बस्नेत फरार रहेका छन् । साथै जुवा खेल्ने अन्य केही व्यक्ति पनि फरार रहेका प्रहरीले जनाएकाे छ।