Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • तस्करी नियन्त्रणमा डीआइजी सक्रिय, बदनाम घुुमुवालाई रिफ्रेस तालिम


    शुक्रबार, पुष ३ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • इश्वर अधिकारी र दिनेश बानियाँ

    बीरगंज । अवकाश हुन लागेका डीआइजी कृष्णभक्त ब्रम्हचार्यले प्रदेशको प्रमुख बनाएका कारण २ नम्बर प्रदेशमा सशस्त्र प्रहरी बदनाम भएको थियो । ब्रम्हचार्यले २ नम्बर प्रदेशका ८ वटै जिल्लाका नाका नाकामा घुमुवा परिचालन गरी तस्करहरुबाट असुली गर्न लगाएको बिषयमा धेरै उजुरी परेपछि उनी कात्तिकमै तानिए । २०७७ मंसिर २७ मा अवकाश हुने निश्चित भए पनि उनलाई असारमा बागमती प्रदेशबाट २ नम्बर प्रदेशमा सरुवा गरिएको थियो । अवकाशको मुखमा रहेका उनको ध्यान नै जसरी हुन्छ कमाउधन्दामा परिणत भएको र सशस्त्र प्रहरीको बारेमा धेरै नै गुनासा आएपछि गृहमन्त्रालयको निर्देशनमा उनलाई अवकाश हुनु डेढ महिनाअघि सशस्त्र मुख्यालयले तान्न बाध्य भएको थियो ।

    २ नम्बर प्रदेशमा बिग्रिएको सशस्त्रको छवि सुधार्न भर्खरै कमाण्ड सम्हालेका डीआइजी चन्द्रप्रकाश गौतम सक्रिय भएका छन् । उनले प्रदेश मातहत ब्रम्हचार्यको कार्यकालमा परिचालन गरिएका ४७ जना घुमुवाहरू बाहिनीमा तानेर रिफ्रेस तालिम गराइरहेका छन् । विगत लामो समयदेखि बाहिनी , गण , बिओपी र बेशबाट परिचालन गरिएका घुमुवाहरू डिआइजी गौतम जाने बित्तिकै क्रमशः बाहिनीमा तानेर तालिम गराएका छन् । तर अझै पनि केही बिओपी , बेश र गणबाट घुमुवाहरू परिचालन भैरहेका छन् । अहिले बिओपीका धेरै निरीक्षकहरूले आफ्नो क्षेत्रको सीमावर्ती नाकाबाट तस्करीको लाइन दिएर तस्करहरूबाट रकम असुली गरिरहेका छन् ।

    बीरगंजको अलौबाट अहिले ठूलो मात्रामा तस्करी भैरहेको छ । तस्करीको लाइन पाउनेहरूमा बैद्यनाथ , मनोज र शर्मा मुख्य छन् । शर्माले सात जना अपाङ्खलाई प्रयोग गरेर हार्डवेयरको ठूलो तस्करी गरिरहेका छन् । त्यसैगरी बैद्यनाथले दशवटा मोटरसाइकल मार्फत केटाहरू परिचालन गरेर राति ११ बजेदेखि विभिन्न सामानहरूको तस्करी गराइरहेका छन् । मनोज नामका व्यापारीले ठूलो मात्रामा जुत्ताचप्पलको तस्करी गरिरहेका छन् । यो तस्करीमा सशस्त्रका निरीक्षक इश्वर अधिकारीको पूर्ण संरक्षण रहेको र उनले मातहतकालाई घुमुवाको रूपमा परिचालन गरी रकम उठाउने काममा प्रयोग गरिरहेको उजुरी समेत हेलो सरकारमा पुगेको थाहा भएको छ ।

    त्यसैगरी सिर्सियाबाट पनि अहिले व्यापक तस्करी भैरहेको छ । सशस्त्रको बिओपीले तस्करीको लाइन चलाएको छ । सो बिओपीमा सशस्त्रका निरीक्षक दिनेश कुमार बानियाँ छन् । उक्त नाकाबाट तस्करीको लाइन पाउनेहरूमा हरेन्द्र पटेल लगाकयत छन् । हरेन्द्रले कपडा र जुत्ताको ठूलो तस्करी गरिरहेका छन् भने केराउ , कपडा ,,जुत्ता र चप्पलको तस्करी गर्छन् । बमन भन्नेले कपडा र जुत्ताको तस्करी गर्दछन् । यसबाहेक सो नाकाबाट झोलेपोकेको रूपमा काम गर्ने ३१ वटा महिलाको समूह रहेको छ । यी व्यापारी र तस्करबाट रकम उठाउन निरीक्षक बानियाँले घुमुवा परिचालन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार