मुकेशकुमार यादव
सिरहा । सिरहाको लहान नगरपालिकाले गत आर्थिक वर्ष २०७९-०८० मा विना योजना भ्रमणभत्ता र खाना–खाजामा मात्र ४ करोड भन्दावढी खर्च गरेको छ ।
महालेखाले यसलाई ऐन–कानुन विपरीत गरेको भन्दै बेरुजु देखाएको छ । पालिकाले कुल बजेटको ३ प्रतिशतभन्दा बढी खाना खाजामा खर्च गर्नु आफैमा अनियमितता हो । त्यसमाथि खर्च गर्नुको उदेश्य, कारण प्रमाणित गर्न नसक्नु अनियमितता गरेको स्थानीयहरु बताउँछन् । सो रकम नगर प्रमुख महेश साद चौधरीले चुनाव पछि जितको खुशियालीमा भएका भोजभतेर र कार्यकर्ता पाल्न खर्च गरेको स्थानीय बताउछन् ।
नगर प्रमुख चौधरीकै निर्देशनमा एक वर्षमा ३ करोड ६० लाख ५३ हजार खाना ५० लाख ९० हजार ५६८ रुपैयाँ भ्रमण खर्च देखाएर रकम निकासा गरेको नाम उल्लेख नगर्ने शर्तमा पालिकाकै एक कर्मचारीले बताए । उनले भने, ‘यो खर्चको कुनै प्रमाणित गर्नसक्ने आवश्यक काजगात विनाकै रकम निकासा गरिएको छ ।’

यसलाई महालेखा परीक्षणले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९(१०)मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन मिल्ने वा नमिल्ने जाँच गर्नुपर्ने व्यावस्था छ । तर, पालिकाले यति ठूलो रकम विविध खर्चमा देखाएको छ । जुन ऐन–कानुन विपरीत खर्च गरेको मलेप प्रतिवेदनमा उल्लेख गरेको छ । स्पष्ट परियोजना नखुलाई खर्च लेख्दा वजेट दुरुपयोग भएको हुन सक्ने महालेखा परिक्षणको ठहर छ । मलेपले पनि लहान नगरपालिकामा सरकारी कोषको रकम चरम दुरुपयोग गरेको पुष्टि गर्छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरुले रकम हिनामिना गर्नकै लागी कार्यविधी विपरीत ठूलो रकम निकासा गरी दुरुपयोग गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख गरीएको छ ।
खाना, खाजामै कसरी करोडौं रकम सकियो मेयर साव ? भन्ने प्रश्नमा नगर प्रमुख महेश प्रशाद चौधरीले भने, ‘मलेपले निकालेको वेरुजुमा दम छैन् । विविध खर्चमा धेरै शिर्षक आउँछ । खाना, खाजा, संचारकर्मीलाई भत्ता, भैइपरी आउने खर्च सवै विविध शिर्षकबाट नै खार्च हुने हो । यस विषयमा थप जानकारी चाहिए कार्यालय आउनुस् ।’
पालिकाले अन्तर सरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तीय विवरण महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखा मानको ढाँचा पुर्ण रुपमा प्रयोग गरेर तयार नगरेको मलेपले कैफियत सहितको रायमा उल्लेख गरेको छ ।
लेखा परीक्षणबाट एउटै आर्थिक वर्षमा मात्रै ३५ करोड २२ लाख ५४ हजार वेरुजु रहेको देखिन्छ । जसमा असुल उपर गनुपर्ने रकम १ करोड ८५ लाख २ हजार रुपैयाँ रहेको छ ।
पालिकाले ऐन–कानुन तथा कार्यविधि विपरित प्रमाण र कागजात पेस नै नगरी २० करोड ५२ लाख ८२ हजार निकासा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
नियमित गर्नुपर्ने ११ करोड ०३ लाख ४३ हजार र पेश्की बाँकी १ करोड ८१ लाख २८ हजार समेत गरी गत अर्थिक वर्ष २०७९-०८० मा ३५ करोड २२ लाख ५४ हजार बेरुजु कायम रहेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८-०७९ मा लहान नगरपालिकाको ८५ करोड ४ लाख ४९ हजार वेरुजु बाँकी रहेको थियो। अहिले १ अर्व २० करोड २७ लाख ३ हजार वेरुजु पुगेको छ।



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend