Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ११ सयले बढ्यो, तोलाको कति ?


    मंगलबार, मंसिर ४ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज मंगलबार पहेलो धातु सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

    यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।

    यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार