Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपनिर्वाचन हुने स्थानीय तहलाई भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न आयोगको निर्देशन


    सोमबार, मंसिर ३ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौं – निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

    सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् ।

    त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

    मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।

    यहि मङ्सिर १६ गते विभिन्न स्थानीय तहका ४४ मध्ये ४३ पदमा उपनिर्वाचन हुदै छ भने एक जिसस प्रमुख निर्बिरोध निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार