Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरी सेवामा नयाँ पुस्ताको आकषर्ण किन घट्दैछ ?


    सोमबार, कार्तिक २६ २०८१
    36.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • राजेन्द्रबाबु रेग्मी

    करिब एक दशक भन्दा अगाडि बिज्ञापन खुल्दा ठेलमठेल हुने प्रहरी सेवाप्रति आम युवाबर्गमा किन बिकर्षण छ त ? सुरक्षाविद तथा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले लेख्नुभएको प्रहरी सेवामा आकर्षण कसरी घट्दैछ भन्ने विश्लेषण पढें । प्रहरी सेवामा युवा आकर्षित हुन नसक्नुका थप कारण यी पनि हुन्ः

    १. बिभेदपुर्ण व्यवहार

    २. जस भन्दा पनि अपजसको भागिदार हुनुपर्ने नेपाल प्रहरीको नियति ।

    ३. राज्यका निकायहरु कामप्रति जिम्मेवार छैनन् । काम भएन भने अन्तमा नेपाल प्रहरीलाई मोहराको रुपमा प्रयोग गर्नै गलत परम्पराको बिकास ।

    ४. सधैं ३० बर्षको हुटहुटी ।

    ५. नेपाल प्रहरीका सुबिधा क्रमशः कटौती हुँदै गएको । अध्यागमन विभाग र सवारी चालक अनुमतिपत्र प्रहरीबाट गृह मन्त्रालय र यातायात मन्त्रालयमा हस्तान्तरण ।

    ६. सरकारको प्रहरीलाई हेर्ने दृष्टिकोणमा फरक । आम जनता र नातेदारहरुले समेत पुलिस भनेर तल्लो स्तरमा सम्बोधन ।

    ७. एक प्रहरीले गल्ती गर्दा सम्पूर्ण प्रहरीलाई एउटै आखाँले हेर्ने प्रबृत्ति ।

    ८. प्रहरीको नेतृत्व बर्ग आफ्ना मातहतका प्रहरी कर्मचारीहरुको संरक्षण गर्न नसक्ने ।

    ९. प्रहरीको नेतृत्व बर्गमा अध्ययनको कमी । राजनीतिक नेतृत्व समक्ष ठीकलाई ठीक, बेठीकलाई बेठीक भनेर निर्णयमा बिमति राख्न नसक्ने ।

    १०. सरुवा बढुवामा नचाहिने मापदण्ड तयार गरेर एक समूह जहिल्यैै हावी हुनु ।
    मापदण्ड आफू अनुकुल निर्धारण हुने । मन परेका काबिल र मन नपेरकाहरुलाई काबिल छैन, झल्लुको नामले सम्बोधन ।

    ११. प्रहरी आफैं समूहमा बिभक्त ।

    १२. आम जनता र युबाहरुको प्रहरी प्रति कामकारबाहीमा बिश्वास हराएको ।

    १३. सामूहिक नेतृत्वमा भन्दा पनि ब्यक्तिगत प्रबृत्तिमा रमाउनेहरुको बाहुल्यता ।

    १४. स्वयं अवकाश गएका राम्रा प्रहरी अधिकृतहरु समेत आफ्ना सन्तानहरुलाई प्रहरीमा भर्ना गर्न ईच्छुक छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार