काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् ।
चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक पार्टीको लागि स्थिति राम्रो हुने टिप्पणी गरेकी हुन् ।
डेमोक्रेटिक पार्टीकी नेतृ रहेको पेलोसीले एक पोडकास्ट अन्तर्वार्तामा बाइडेनले पहिले नै आफ्नो दाबेदारी छोडेको भए डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार अरु कोहि नै हुने पनि दाबि गरेकी छन् ।
पेलोसीले पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुने र अहिलेको भन्दा अवस्था फरक हुनसक्ने बताएकी छन् । बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारलाई विचार नै नगरेपछि डेमोक्रेटिक पार्टीबाट अन्य उम्मेदवार बन्ने सम्भावना बनेको थिएन ।
ह्यारिस निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्रेटिक पार्टी भित्र अहिले आरोप प्रत्यारोप चलिरहेको छ । डेमोक्रेटिक पार्टीका केहि समुहले अहिले पुर्व राष्ट्रपति बाराक ओबामालाई समेत ह्यारिसको हारको जिम्मेवार भनेका छन् ।
पेलोसीले बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय परेपछि पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति बनाएको बताएकी छन् । उनले राष्ट्रपति बाइडेनले तुरुन्तै ह्यारिसलाई समर्थन गरेपछि अन्य उम्मेदवारले सोच्ने समय समेत नपाएको टिप्पणी गरेकी छन् । पेलोसी यस निर्वाचनमा क्यालिफोर्नियाबाट २०औं पटक तल्लो सदनका लागि निर्वाचित भएकी छन् । पेलोसी २००७ देखि २०११ सम्म र २०१९ देखि २०२३ सम्म अमेरिकी सभामुख बनेकी थिइन् ।
डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ पेलोसीलाई यस अघि डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend