Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका तीन उमेदवार चयन


    बुधबार, कार्तिक २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ ।

    उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ ।

    नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।

    उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार