पर्सा। वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिम समेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा बजुर समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार १ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-८ हरीनगर बस्ने प्रदिप भुलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-७ चोक बजारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय सुमन श्रेष्ठ समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend