Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इङल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने


    बिहिबार, कार्तिक ८ २०८१
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

    २६ बर्षिय ब्याटिंग अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ । सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ ।

    दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पुर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।

    आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

    अहिले सम्झौता भएका खेलाडी:

    जनकपुर बोल्ट्स 

    – न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम 

    काठमाडौँ गुर्खाज

    – नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
     
    लुम्बिनी लाइन्स

    – इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

    पोखरा एभेन्जर्स 

    – वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप
    – नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
    – अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

    सुदूरपश्चिम रोयल्स

    -स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
    -इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब

    बिराटनगर किंग्स

    – ओमानका कप्तान आकिब इलियास

    कर्णाली याक्स

    – पाकिस्तानका अल राउण्डर हुसैन टलात 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार