काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।
प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शुक्रबार)को मन्त्रिपरिषद बैठकमा नेकपा एकीकृत समाजवादी र अशोक राईको जनता समाजवादी पार्टी नेपाल विभाजन गराउन अध्यादेश ल्याउँदैछन् । अध्यादेश ल्याउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहाबहादुर देउवालाई बुधबार कुराकानी गरी ओलीले सहमत गराइसकेका थिए । तर पछि कांग्रेसका नेता र राष्ट्रपति रामचन्द्र पौडेलले थाहा पाएपछि देउवालाई एमालेले अध्यादेश ल्याएर नेकपा एस र जसपा बिभाजन गराई एकता गराएर ठूलो पार्टी हुने र कांग्रेसलाई सरकारबाट हटाउने खेल खेलेकाले एमालेको रणनीतिमा नफस्न सचेत गराएपछि देउवा ब्याक भएको उच्च स्रोत बताउँछ ।
स्रोतका अनुसार अझै पनि ओली देउवालाई प्रधानमन्त्री आजभोलि नै बनाइदिने ललीपप देखाएर अध्यादेश ल्याउने र नेकपा एस र जसपा फुटाउने खेलमा छन् । माओवादीसहितका प्रतिपक्षी दलहरुले देउवालाई प्रधानमन्त्री अफर गरेपछि ओलीले आफू अहिले नै छाड्न तयार रहेको सन्देश देउवासम्म पुर्याइसकेका छन् ।
ओलीले अध्यादेश ल्याएर साना पार्टी फुटाउन खोजेको सूचना पाएपछि प्रतिपक्षी दलहरुको बैठक राखिएको स्रोत बताउँछ । ओलीको पार्टी फुटाउने खेलका अलावा बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend