बिशाल बस्नेत
महोत्तरी । महोत्तरी क्षेत्र नं ४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिबेला जिल्ला राजनीति वृत्त तातेको छ ।
सत्ता गठबन्धनको मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरी रातारात बनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपासहितका दलहरुको गठबन्धनको चर्चासँगै यसको औचित्यमाथि गम्भीर सवालहरु उठेका छन् ।
जिल्लास्तरिय नेताहरुले भने क्षेत्र नं ४ विकासका दृष्टिकोणले पछाडि परेको हुनाले उद्देश्यहरुलाई साझा बनाउन दलहरुबीच क्षेत्रीय गठबन्धन भएको बताएका छन् । तर सत्ता सहयात्री दलहरु प्रतिपक्ष दलहरुसगँ उभिएर मोर्चाबन्दी गर्नुलाई अहिले अर्थपूर्ण ढंगले हेरिएको छ ।
संसदीय दलका नेता यादवको कारण एमाले बाहिरिएको दाबी
मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका र औरही नगरपालिका रहेको क्षेत्र नं ४ मा उद्देश्यहरुलाई एकाकार गर्न गठबन्धन गरिएको दावी गरिएतापनि नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री सरोज यादवको दादागिरीकै कारण एमाले एक्लिनुपरेको बताइन्छ ।
यादव सोही क्षेत्र ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । संघमा नेपाली काङ्ग्रेसबाट महेन्द्र यादव र सोही क्षेत्रको ‘क’ बाट भने सरोज कुशवाहा निर्वाचित भएका हुन् । यो गठबन्धनमा पनि सरोज यादवबाहेक सवै निर्वाचित जनप्रतिनिधिरुको सहभागिता रहेको छ ।
‘सरोज यादवकै कारणले नेकपा एमालेलाई गठबन्धनमा सहभागी नगराइएको हो । विकासका नाममा बजेट विनियोजन गर्ने र मोटो रकम कमिसनबापत लिने मन्त्री यादवको चरित्र सवैलाई थाहा छ् ।’ नाम नखुलाउने सर्तमा एमालेकै एक नेताले भने । ‘उहाँ जुन बटोमा हुनुहुन्छ त्यो गलत बाटो हो जस्ले जनतालाई निराशा पैदा गरिरहेको छ ।’
गठबन्धन औचित्यको प्रारम्भ भने रामगोपालपुर वडा नं ४ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु प्रकरणसगैँ भएको बताइएको छ । दुई महिनाअगाडि सडक दुर्घटनामा मृत भेटिएका यादवको मृत्यु दुर्घटना नभई हत्या भएको उनी आवद्ध पार्टी माओवादी केन्द्रले दावी गर्दै आएको छ ।
शंकाको आधारमा पक्राउ परेका संजिव झाको मृत्युअघि र मृत्युपछि मन्त्री यादवसगँ भएको भेटघाट र सम्पर्कलाई पनि कतिपयले आशंकाको रुपमा लिएका छन् । बाहिर समेत मन्त्री यादवको नाम घटनासगँ जोड्न थालेपछि एमालेको एक बैठकमा यादवलाई प्रश्न गरिएको थियो ।
एमालेका प्रदेशस्तरीय अर्का युवा नेता सरोज यादवले मृतक वडाध्यक्षको घटनासगँ मन्त्रीको संग्लनताको विषयमा बाहिर आएका चर्चा र बजेट विनियोजन गरेबापत कमिसन लिएको विषयलाई बैठकमा उठाएपछि मन्त्री यादव केहीबेर आक्रोशित बनेका थिए ।
‘उनले त्यस्को उत्तर दिदा यहाँ उल्लेख नै गर्न नसकिने गालीगलौजका शब्द मात्र प्रयोग गरेनन् मृतक वडाध्यक्षको दुर्घटना नै भएको दावी गरे ।’ बैठकमा सहभागी एक नेताले भने । ‘मानौं त्यो दुर्घटना नै होला तर उहाँ त जनप्रतिनिधि हो, आरोप त लागिहाल्छ नि, त्यस्लाई कसरी समाधान गर्ने भन्ने जिम्मेवारी पनि त्यहाँकै जनप्रतिनिधि भएको हुनाले सयम हुन सक्नुपर्छ ।’
मन्त्री यादवले युवानेताले उठाएको विषयमा आपत्ति जनाएतापनि अर्का नेता भीम आलेले कमिसनको विषयमा आफूहरुसगँ प्रमाणसमेत भएको जिकिर गरेपछि वैठकमा मन्त्री पक्षधरको होहल्ला शान्त भएको थियो ।
एमालेको एउटा समूह अहिले पनि अनौपचारिकरुपमा गठबन्धनसगँ जोडिएको नेपाली कांग्रेसका नेता तथा संघीय संसद महेन्द्र यादवले बताए । उनले मन्त्री यादवका क्रियाकलापहरु भने जनउत्तरदायी नरहेको आरोप लगाउँदै जनगुनासोहरु बढिरहेको बताएका छन् ।
‘तर यो एमालेलाई बहिष्कार गर्ने उदेश्यले गठन गरिएको हैन । एमाले पनि यो गठबन्धनमा सहभागी हुन सक्छन् ।’ संसद यादवले भने । ‘महोत्तरी क्षेत्र नं ४ विकासमा पछाडि परेको हुनाले जनस्तरका समस्यालाई पहिचान गरेर विकासका खाका तयार गर्नुपर्ने हुन्छ । यसका लागि सवै राजनीतिक दलहरु एक ठाँउमा उभिन आवश्यक महसुस गरेका हौं ।’
मन्त्री यादव भन्छन्–एमाले बलियो देखेपछि कमजोरहरुले गठबन्धन गरेका हुन्
मन्त्री यादवले भने नेकपा एमाले क्षेत्र नं मा ४ बलियो शक्ति भएको र यसलाई कमजोर बनाउन गठबन्धन गरिएको बताए ।
‘आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै वडा नं २ को वडा अध्यक्ष निर्वाचनका लागि एमाले बलियो देखेपछि उनीहरुले गठबन्धन गरेका हुन् । ‘यसले हामीलाई कुनै असर गर्दैन ।’
विकासका लागि मन्त्रीको हैसियतले आफ्नो क्षेत्र स्वाभाविकरुपमा प्राथमिकतामा राखेको बताउँदै उनले आफूले गरेको विकास देखेर विपक्षीहरु अत्तालिरहेको जिकिर गरे ।
वडाध्यक्ष यादवको मृत्युलाई संकेत गर्दै दुर्घटनालाई हत्याको नाम दिएर जनमानसमा सहानुभूति बटुल्ने र मृतककी श्रीमतीलाई उम्मेदवार बनाएर माओवादीले निर्वाचन जित्ने हतियार बनाइरहेको मन्त्री यादवको भनाइ छ ।
‘जसले जेसुकै गरुन् एमाले कमजोर हुँदैन र कसैले बनाउन सक्दैन ।’ उनले भने । ‘हामी हाम्रो मिसनमा अडिग छौ र लागिरहन्छौं ।’
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend