सञ्जय मिश्रा
रौतहट। रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमिटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाइकलमा तीन तीन जना लाठी भाटासहित आएर स्थानीय राकेश गिरीमाथि सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउन गरेको प्रयास असफल भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारबाहीको दायरामा ल्याइएको छ। यही असोज २७ गते आइतबार बिहान ९ बजे ३५ बर्षीय गिरी कटहरिया नगरपालिका भवनछेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रापोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहुँ पारेर अन्य गाउँबाट एकैपटक त्यत्रो ठूलो संख्यामा मानिस आएर ज्यानै जानेगरी आक्रमण गर्नु कटहरिया बजारको इतिहासमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
कटहरिया ८ का वडा अध्यक्ष समिशबिक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीले एक्कासी गिरीमाथि दुङ्गा प्रहार गरेको पीडित परिवारले बताएका छन् ।
ढुङ्गा प्रहारबाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले सँगै ल्याएको बाँसको लाठी भाटा, दाउराले तल खुटादेखि टाउकोसम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गिरीलाई मर्नेगरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साहुनीलाई समेत उनीहरूले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समूहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए ।
सांघातिक आक्रमणबाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेर बीरगंजस्थित एउटा निजी अस्पतालमा उपचारपछि मंगलबार साँझ घर आएको इलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन्।
त्यसैगरी चिया पसल संचालिका ६० बर्षीया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको र उपचारपछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिएका छन् ।
घटनापछि स्थानीयको सहयोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पिप्रापोखरिया गाउँका ७२ बर्षीय तेजिलाल यादव, ३६ बर्षीय सिकिन्दर यादव र २८ बर्षीय परशुरामबिक्रम साहलाई घटनास्थलको केही दूरीबाट पक्राउ गरिएको थियो ।
त्यस्तै तेजिलालको छोरा ३५ बर्षीय जितेन्द्र यादवलाई घटनास्थल बाट २ किलोमीटर टाढा कटहरिया गाउँछेउको बाँसको रुखमाथि चढेर लुकिबसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो।
पक्राउ परेका चारैजना हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको डिएसपी राजन कार्कीले बताएका छन् । चारजनामध्ये दुईजनालाई पनि केही चोटपटक लागेको तथा उनीहरूको उपचार भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन् ।
कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा शनिवार राति नाचगान भइरहेको थियो । सोही क्रममा वडाध्यक्ष साहका काका प्रताप साहका छोरा पर्शुबिक्रम साह र जितेन्द्र यादव अत्यधिक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका मेला समितिका युवाहरुसँगै पीडित गिरीले उनीहरुलाई भगाएको प्रत्यक्षदर्शी बिनोद साहले बताएका छन् ।
सोही बिषयमा वडाध्यक्ष साह तथा उनका मानिसहरूले कानुनी उपचार खोज्नुको साटो जंगली शैलीमा राति नै आएर गिरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरुलाई धपाएका थिए । तर पुनः भोलिपल्ट आएर गिरीमाथि आक्रमण गरिएको थियो । वडा नम्बर ५ का अध्यक्ष सर्फलाल प्रसादले केही जनप्रतिनिधि कटहरिया बजारमाथि आफ्नो बर्चस्व कायम राख्न तथा स्थानीय ब्यापारी , तथा बिभिन्न दलका कार्यकर्ता लाई डराउन वडाध्यक्षलाई अघि सारेर षडयन्त्रपूर्ण तरिकाले यो दुःखद घटना गराएको दाबी गरेका छन् । स्थानीय ब्यापारी तथा मेयर प्रत्याशी योगेन्द्र साहले सामान्य घटनालाई अतिरञ्जित बनाएर ज्यानै लिनेगरी भएको सांघातिक हमलामा संलग्नमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
यसैबीच रौतहटस्थित नेपाली कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य, जसपाका एकजना बरिष्ठ नेता, एकजना मेयर लगायत केही नेताहरुले आक्रमणकारीलाई बचाउन प्रहरी प्रशासनसँगै पीडितमाथि दबाब दिएका थिए । प्रहरी र पीडितलाई कानुनी कारवाहीतर्फ नगएर छलफल गरी दण्ड जरिवाना गरेर समस्या समाधान गरी दोषीलाई जोगाउन नेताहरुले चलखेल गरेको पीडित राकेश गिरीकी बहिनी मञ्जु गिरीले दुखेसो पोखेकी छिन् ।
यसैबीच पीडित राकेश गिरीले आफू छलफल र पञ्चायतमा नजाने बरु कानुनी कारवाहीको लागि मंगलवार इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएकाले प्रहरी प्रशासनले आफूलाई न्याय दिनमा विश्वस्त रहेको बताएका छन्।
जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आक्रमणमा संलग्न ५ जनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । घटनामा संलग्न केही मानिस नियन्त्रणमा रहेको तथा फरारको खोजी भइरहेको डिएसपी कार्कीले बताएका छन्।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend