झापा । दशैंतिहारको मौका छोपी जुवातास खेल्ने क्रम बढ्ने गर्दछ । यसैक्रममा झापाको शिवसताक्षी नगरपालिका–९ दुधेस्थित एक होटलबाट १२ भाइ भीआईपी जुवाडेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जुवाडेको साथबाट प्रहरीले ५ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ । पक्राउ पर्ने जुवाडेमा नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिका सहसचिव कमल भण्डारीसहित छन् ।
शिवसताक्षी–९दुधेस्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवा तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले छापा मारेको थियो । प्रहरीले जुवा खेलिरहेकै अवस्थामा १२ जुवाडेलाई ५ लाखसहित पक्राउ गर्न सफल भएको छ ।
नेपाली कांग्रेसका नेता भण्डारीसहितका भीआईपी जुवाडेले प्रहरी सेटिङ गरेर उम्किन खोजे पनि असफल भएका छन् । कांग्रेस नेता भण्डारी कन्काई सिंचाई आयोजनाका अध्यक्षसमेत हुन् । जुन आयोजनामा भ्रष्टाचार गरेर उनले आर्थिक समृद्धि हासिल गरेकाले लाखौंको जुवाखालमा जाने गरेको आरोप छ ।
पक्राउ पर्ने अन्यमा शिवसताक्षी–९ बस्ने ४७ बर्षीय दीपक तामाङ, वडा नं–६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, वडा नं–९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू, सोही वडाका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, वडा नं– ११ बस्ने ३२ बर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ बर्षीय लोकबहादुर विश्वकर्मा, वडा नं–९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती छन् ।
पक्राउ पर्नेहरुमा जुवा अखाडा संचालन गर्ने होटल संचालक ३९ बर्षीय बिनोद खरेल, सौगात मैनाली र भारत कोलकाताका परितोस पल रहेका छन् ।
पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट ३ दिन म्यादथप गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख इन्स्पेक्टर सुशील थापा मगरले बताए ।
नेपाली कांग्रेसका जिल्ला सहसचिव नै पक्राउ परेपछि जुवाडेलाई छाड्न प्रहरीलाई चर्को दबाब परेको छ । गृहमन्त्री नै आफ्नो पार्टीको भएकाले छिटो मुद्दा पेश गरी छुटाउनका लागि प्रहरीलाई दबाब परेको छ ।
घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend