काठमाडाैं । अभियन्ता पुण्य गाैतममाथि रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजकाे अाइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न अाएकाे छ ।
प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।
प्रहरीको विज्ञप्तिः ज्यान मार्ने उद्योगका फरार व्यक्तिहरु पक्राउ
मिति २०८१।०६। २१ गते राती अं. २१:१० बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाँउ स्थित सडक खण्डमा वर्ष ४६ को पुण्य राज गौतम माथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाईते बनाई फरार भएको र निज घाईते पुण्य राज गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटि गई उक्त वारदातमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१।०६।२२ गते अं. २२:३० बजेको समयमा रड प्रहार गरी फरार रहेका टासी लामा भन्ने संजिव तामाङलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुर मुद्धा दर्ता गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदानलाई मिति २०८१।०६।२३ गते अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ७ गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको ।
पक्राउ परेका व्यक्तिहरु:-
१) जि. काभ्रेपलान्चोक तेमाल घर भई हाल जि. भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ ।
२) जि. रसुवा नवकुण्ड गा.पा.वडा नं. ०५ घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदान ।
ख) बरामद दशी:-
१. रड थान – १
२. मोवाइल थान – ३
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend