Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने


    बिहिबार, असोज २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।

    बल्खुको भवन भुकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा निर्माण गरिन लागिएको हो ।

    आज अपरान्ह  बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोलि शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

    शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।

    च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक-पटक मनोहराको पानी पसे पछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार