सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।
गएराती अज्ञात समूहले गढीमाई नगरपालिका १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन । घाइते सोनारलाई अहिले उपचारका लागि बिवीरगंज स्थित वयोधा अस्पताल पठाईएको थियो ।
घाइते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करीब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अरुद्व बनाई ३५ वर्षिय सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको थियो ।
गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाईकल रोकेर अज्ञात समूहले ब्यवसायीमाथि आक्रमण गरेको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।
घाइतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकोमा घटनास्थल भन्दा १ किलोमीटर पुर्व तर्फ रोडको पिलरमा ठोकी सोही ठाउमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend